मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने

बुधबार, २० मंसिर २०८०, ०७ : ४१

काठमाडौँ । अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने भएको छ। ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको हो। 

महानगरले मङ्सिर २४, आइतबारदेखि फुटफाटमा व्यापार गर्न नदिने भएको हो । सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । मङ्गलवारदेखि माइकिङ र ब्यानर टाँसेर  आइतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुरोध समेत गरेको जानकारी दिएको छ ।

ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरूले सामान बेच्दा भिडभाड हुँदा हिँडडुलमै समस्या हुन थालेपछि सधैँका लागि फुटपाथ निषेध गर्न 
लागेको हो ।

futpat pasal

बुधबार, २० मंसिर २०८०, ०७ : ४१

प्रतिक्रिया