सुनचाँदी नगदसहित बनेपामा भारतीय नागरिक पक्राउ

२ महिना अगाडि

काठमाडौँ । ठुलो परिमाणमा सुनचाँदी र नगद रकमसहित काभ्रेमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित १ घरमा डेरा गरी बस्दै आएका भारतको राष्ट्र राज्यको साङ्ली जिल्ला घर भएका ३९ वर्षीय सचिन विभूतेलाई पक्राउ गरेको हो। 

बिभूतेले ठुलो परिमाणमा सुन तथा चाँदी बिक्री गरेको सूचनाका आधारमा प्रहरीले उनको डेरामा छापा मारेको थियो। इलाका प्रहरी कार्यालय बनेपाका अनुसार बिल नभएको  २३५.९ ग्राम सुन बरामद भएको छ।

यस्तै, १ हजार ९०१.२६ ग्राम चाँदी, ५ लाख ७६ हजार नेपाली रुपैयाँ र २२ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ। प्रहरीले उनको साथबाट सुन जोख्ने तराजु, एभरेस्ट बैंक र नेपाल एसबीआई बैंकको चेक बुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको जनाएको छ।

२ महिना अगाडि

प्रतिक्रिया