काठमाडौं – नेपाल वायुसेवा निगमले गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निरन्तर रहेको जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विमानस्थलमा प्रदान गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा आफुबाट नखोसिएको बताएको हो । साथै निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा निगमबाट खोसिएको समाचारमा कुनै सत्यता नभएको बताउँदै विमानस्थलमा सेवा प्रदान गर्ने प्रक्रियामा थप विकास गरिरहेको जानकारी दिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निगमले स्थापना कालदेखि नै ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको र उक्त सेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानी गर्दै आइरहेको छ । ग्राउण्ड ह्याण्डलिङ सेवा आयटाको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रमाणित भएकोले निगमले सोही अनुसार उपकरण र दक्ष जनशक्ति तयार गरेको निगमले जनाएको छ । त्रि.अ. वि. को अतिरिक्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउण्ड ह्याण्डलिङ गर्न अनुमति पाएको कारण यस क्षेत्रमा जनशक्ति लगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको अवस्था छ । यसबाट पनि निगमले हाल अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम रहेको प्रमाणित भएको निगमको भनाई छ ।
निगमको आईतबार बसेको कार्यकारी समितिको वैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मिति २०८०÷०८÷१९ को वैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ गर्नु पर्ने कुरामा एकतावद्ध रही दृढतापूर्वक उभिने निर्णय गरेको छ ।
प्रतिक्रिया