हिमालयन रिइन्स्योरेन्सले आइपिओ खुला, क-कसले दिन पाउछन् आवेदन ?

विहीबार, २१ मंसिर २०८०, १० : १८

काठमाडौँ । मङ्सिर २७ गतेदेखि भर्न पाउने गरी हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ खुला गरेको छ । 

कम्पनीले कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अङ्कित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्टाएको छ।

त्यसमध्यमा दुई प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर यस अगाडि नै सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको हो । १०० अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २०६ रुपैयाँका दरले शतप्रतिशत भुक्तानी माग गरिएको कम्पनीको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
 

विहीबार, २१ मंसिर २०८०, १० : १८

प्रतिक्रिया