सेयर बजारमा सामान्य सुधार, अन्य उपसुचक कस्तो ?

विहीबार, २१ मंसिर २०८०, १५ : ३७

काठमाडौं- साताको अन्तिम कारोबार तथा बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ ।

 उक्त दिन बजार ११.७३ अंकले बढेर १८५२ को विन्दुमा कायम हुन पुगेको हो ।

आज नेप्सेमा कारोबार भएको २९९ कम्पनीको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २अर्ब ७९ करोड ९१ लाख ४६ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको कारोबार भएको छ । आज कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ५४ लाख ६८ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको ९ करोड २७ लाख ६१ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ८ करोड ७६ लाख २८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको प्रमोटर सेयरको ८ करोड रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै आज सेयर बजारमा सुधार आउँदा त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९७ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सिवाइसी लघुवित्तको ९.९१ प्रतिशत, नबील ब्यालेन्स्ड फण्डको ९.४८ प्रतिशत, आशा लघुवित्तको ७.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

विहीबार, २१ मंसिर २०८०, १५ : ३७

प्रतिक्रिया