निर्माण व्यवसायीहरूलाई आत्मदाह गर्न बाध्य पार्दैछ सरकार ः सिंह

शनिबार, २३ मंसिर २०८०, १५ : ०४

काठमाडौं – सरकारले निर्माण व्यवसायीहरूलाई आत्मदाह गर्ने स्थितिमा 
पुर्याएको आरोप लगाइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पत्रकार सम्मेलनमा पत्रकारहरुको एक प्रश्नमा सो कुरा बताएका हुन ।  अध्यक्ष सिंहले सरकारले विगतको सहमति कार्यान्वयन नगर्दा निर्माण उद्योग धराशायी भएको र निर्माण व्यवसायीहरू आत्मदाह गर्ने स्थितिमा पुगेको बताएका हुन्।

सो अवसरमा अध्यक्ष रवि सिंहले म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका विषयमा महासंघसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको दाबी गरे । माइलस्टोनका कारण म्याद थप नहुँदा करीब ४० अर्ब रुपैंयाको बील बनाउन नसकिएको अध्यक्ष सिंहले बताए । 
८ खर्बको वार्षिक कारोबार गरी २५ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गरेको निर्माण उद्योगको विकासमा राज्य संवेदनशील नदेखिएको अध्यक्ष सिंहको आरोप थियो।  

शनिबार, २३ मंसिर २०८०, १५ : ०४

प्रतिक्रिया