नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

आइतबार, २४ मंसिर २०८०, १७ : ३१

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आईतबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २४५ रूपैयाँ ७९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।

आइतबार, २४ मंसिर २०८०, १७ : ३१

प्रतिक्रिया