लाभांश प्रस्तावसहित भगवति हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

सोमबार, २५ मंसिर २०८०, ०७ : ३२

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते मंगलबार अर्पण ब्यान्केट, थापागाऊ नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजेदेखि सभा सुरु गर्ने जनाएको हो।

सभाले गत वर्षको खुद मुनाफा तथा संचित रकमबाट चुक्ता पूँजी (५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ) को १०.५२६३ प्रतिशत (६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ) कर सहित नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने, गत वर्षको लेखा परीक्षण प्रतिवेदनसहितको बासलात,नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल तथा स्वीकृत गर्ने, नयाँ आयोजनामा लगानी गर्ने तथा संस्थापक शेयरधनीहरुबाट सात तथा र साधारण शेयरधनीबाट दुई जना सञ्चालक नियुक्ती गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । 
 

सोमबार, २५ मंसिर २०८०, ०७ : ३२

प्रतिक्रिया