काठमाडौँ । नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैयाँलाई आधार राखेर आइतबार मूल्य समायोजन गरिएको थियो ।
समायोजन पश्चात् नेप्सेले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ । आज सोमबार यही मूल्यमा आधारित रहेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ ।
कम्पनीले बोनस वितरणको लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो। कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
प्रतिक्रिया