काठमाडौं - नेपाल धितोपत्र बोर्डले आईपीओमा न्यूनतम १० कित्ता नीति हटाउने तयारी गरेको छ । सेबोनले १० कित्ते नीति पुनरावलोकनको लागि समिति गठन गरेर हटाउने तयारी थालेको हो । बोर्डले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ ।
बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले १० कित्ता नीति पुनरावलोकनको लागि प्रविण कुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति बनेको बताएका छन्
सदस्यहरुमा मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् । हाल आइपीओ भर्दा १० कित्ताका लागि मात्र आवेदन दिन मिल्ने व्यवस्था रहेको छ ।
उक्त समितिले धितोपत्र बजारमा १० कित्ते नीतिले ल्याएको परिवर्तन, यसको सबल र दुर्बल पक्षको अध्ययन गर्ने, कम्पनीहरूले जारी गर्ने आईपीओको १० प्रतिशतको नीतिलाई परिमार्जन गर्ने र नेप्सेमा सूचीकृत कम्पनीहरूको लक इनको व्यवस्थामा कडाइ गर्ने सम्बन्धी अध्ययन गरेर देखिएको समस्या र सुझाव समितिले दिने छ ।
प्रतिक्रिया