पुस १८ गते साधारण सभा डाकेको गुराँस लघुवित्तको बुक क्लोज कहिले ?

मंगलबार, २६ मंसिर २०८०, ०८ : ५८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १८ गते, भेडेटार भिलेज रिसोर्ट, साँगुरीगढी गाउँपालिका ६ भेडेटार, धनकुटामा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ। 

सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

मंगलबार, २६ मंसिर २०८०, ०८ : ५८

प्रतिक्रिया