जसिन्द्र श्रीपाली

छैठौं ''राष्ट्रपति रनिङ शिल्ड'' प्रतियोगीता धन गौ ज्योती मा.वि. तमानमा आयोजना हुने

५ महिना अगाडि

काठमाडौं। तमानखोला गाउपालीकाले वर्षेनी सञ्चालन गर्दै आएको गाउपालीका स्तरीय ''राष्ट्रपति रनिङ शिल्ड'' अन्तर्गत यस पटकको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धन गौ ज्योति माध्यमिक विद्यालय तमान ३ बागलुङमा हुने भएको छ । 

यहीँ मसिर २८ र २९ गते सञ्चालन हुने उक्त प्रतियोगितामा तमानखोला गा.पा.को मातहतमा रहेका सबै विद्यालयलाई सहभागिता जनाउन विद्यालयले अनुरोध गरेको छ । आज बिहान एक सूचना जारी गर्दै विद्यालयले समय निकै छोटो रहेको जानकारी दिदैँ समयको पावन्दीलाई बुझेर सबै विद्यालयलाई समयमै उक्त कार्यक्रममा सहभागी बनाइदिन अनुरोध गरेको छ ।

यहीँ मङ्सिर २७ गते बिहान ११ बजेभित्रै सबै विद्यालयलाई दर्ता विवरण सहित आवश्यक सम्पूर्ण कागजात र सक्कल जन्म दर्ता विद्यालयको हाजिरी सहित विद्यालयको प्रअ वा विद्यालयले खटाएको प्रतिनिधि सहित सहभागिता भइदिन अनुरोध गरेको छ । 

प्रतियोगितामा सहभागी बन्न चाहाने खेलाडीको उमेर १८ वर्ष ननाघेको हुनुपर्ने विद्यालयको प्रकाशित सूचनामा उल्लेख छ । विद्यालयले मार्च शटपुट, लङजम्प, डौड, रिले, भलिबल, हाई जम्प, र त्रिपलजम्प लगायतको प्रतियोगिता आयोजना गरेको छ । 

यस भन्दा अगाडीका वर्षमा फागुन महिनामा आयोजना हुदै आएको उक्त कार्यक्रम यस पटक मङ्सिरमै गर्नुपर्ने जिल्लाको आदेश अनुरूप हतारमा कार्यक्रम तय गरेको विद्यालयको प्र.अ.रवीन्द्र बुढाथोकीले जनाएका छन् । उनी भन्छन् प्रक्रियागत रूपमा पहिले अध्यक्ष कप हुनुपर्ने हो तर जिल्लाबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्सिरमै समापन गर्ने आदेश आएको कारण हामीले सोही अनुसार कार्यक्रम तय गरेका छौ । 

उक्त कार्यक्रम सफल पार्न सबै क्षेत्रका अतिथिलाई सहभागी हुन विद्यालयका प्र.अ. बुढाथोकीले आग्रह गरेका छन् । कार्यक्रमको तीब्र तयारीमा रहेका बुढाथोकीले सबैको साथ सहयोग मिल्नेमा आशावादी रहेको जनाएको छन् । उक्त विद्यालयले पौष १ गते आफ्नो ६४औ जन्मोत्सव मनाउने भएको छ । 

suchana taman (1)
 

५ महिना अगाडि

प्रतिक्रिया