आज त्रिविको ४९औँ दीक्षान्त समारोह १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुने

५ महिना अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ९सोमबार० ४९औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिएका छन्। २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको हुन । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

 त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए । दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफीलरपीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ । ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने त्रिवि जनाएको छ । दाहालले बतए ।

विद्यार्थीको सङ्ख्या धेरै भएपछि त्रिविलाई कार्यक्रम आयोजना गर्न समस्या पर्दै आएको छ । त्यसैले यो वर्ष कुर्सीको समस्या नहोस् भनेर त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो । यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो । उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ ।

suchana

५ महिना अगाडि

प्रतिक्रिया