राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले रु एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो । 

बैंकले रु एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै ‘ख’ वर्गका बैंकका रु १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु छ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको हो । 

बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया