कुमारी बैंकको  हकप्रद बैशाख २८ गतेदेखि बिक्रि खुला

६ बर्ष अगाडि

कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले १ करोड १९ लाख कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो । यसका लागि जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 
यस हकप्रदका लागि बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल र यसका शाखा कार्यालय, कुमारी बैंकका शाखा कार्यालय र आस्वा सेवामा आवद्ध बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन पाइने बिक्रि प्रवन्धकले जनाएको छ । 
हाल बैंकको चुक्तापुँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पछि ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया