लामो लाइन लागेरै मतदान गरे विराट कोहलीले

४ बर्ष अगाडि

भारत – दक्षिण एसियामा भीभीआइपी, भीआइपी, सेलिब्रेटी र पहुँचवालाहरुले सार्वजनिक सेवामा पालो मिच्ने वा उनीहरुलाई पहिले पालो दिने आम प्रचलन छ । जसले गर्दा अन्य सेवाग्राही मर्कामा पर्ने गरेका छन् । 

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले भने त्यो परम्पराविरुद्ध आफ्नो आदर्श स्थापित गरेका छन् । भारतमा यतिखेर लोकसभा चुनाव जारी छ । छैठौं चरणको चुनावअन्तर्गत आइतबार हरियाणामा मतदानमा जारी छ । 

यस्तोमा कोहली बिहानै गुडगाउँको मतदान केन्द्र पुगे । चुपचाप लामो लाइनमा लागे र आफ्नो पालो आएपछि मतदान गरे । मतदानपछि उनले कुनै प्रतिक्रिया जनाएनन् । केही फ्यानको आग्रहमा अटोग्राफ दिए ।

अरुलाई पनि मतदानमा प्रेरित गर्न सक्ने भएकाले बुधनजिकै उभिएर एउटा फोटो खिचाउन एक स्वयम् सेवकले गरेको आग्रह स्वीकार गर्दै मतदानपछि नीलो पोतिएको औला देखाएर फोटो खिचे । अनि सरासर आफ्नो गन्तव्यतिर लागे । 

४ बर्ष अगाडि

प्रतिक्रिया