रियल मड्रिडले किन्यो स्टार स्ट्राइकर

४ बर्ष अगाडि

एजेन्सी – रियल मड्रिडले इनट्रायच्ट फ्रांकफर्टका स्टार खेलाडी लुका जाभिकलाई अनुबन्ध गरेको छ । यस सिजन उच्च फर्ममा रहेका उनले क्लब छोड्ने निर्णय गरेका थिए ।

उनलाई चेल्सीले अनुबन्ध गर्ने अनुमान गरिएको थियो । तर, उनले रियल जान चाहेको बताएका थिए । रियलले उनलाई ५२.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

जिदान आएपछि नयाँ खेलाडीहरु अनुबन्ध गर्ने तयारीमा क्लब थियो ।

जिदानको सहमतिमा नै क्लबले उनलाई अनुबन्ध गरेको बताइएको छ । रियलले नेयमार, काइलियन एमबाप्पे, हजार्ड जस्ता खेलाडीहरु अनुबन्ध गर्ने हल्ला चलिरहँदा उनलाई अनुबन्ध गर्नु आश्चर्यको विषय भएको समिक्षकहरुले बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया