जिदानले बेललाई दया गर्लान् ?

४ बर्ष अगाडि

एजेन्सी – ओझेलमा परेका खेलाडी ग्यारेथ बेललाई रियल मड्रिडमा फ्यानहरुले बिदाई दिने मौका पाउलान् त ? भन्ने चर्चा चलेको छ ।

सन् २०१३ मा उनलाई स्वागत गर्न ३० हजार फ्यानहरु आएका थिए । रियललाई १४ वटा उपाधि जिताउन सफल उनिमाथि जिदानले दया गर्नसक्ने सम्भावना भने कम रहेको छ ।

तर, लगातार दुई खेलमा बेललाई टोलीमा नलिएका जिदानले अन्तिम खेलम के गर्छन् भन्ने चासो धेरैमा रहेको छ ।

तर, बेल भने रियल छोड्न तयार छैनन् । उनका एजेन्ट जोनाथन बार्नेटले पनि बेललाई स्पेनिस बोल्नक नआएपछि मड्रिडमा खुसी रहेको कुरा बताएका छन् ।

बेल र रियलबीचको सम्झौता अझै तीन वर्ष बाँकी नै छ । तर, जिदानको निर्णयमा सहमति गर्दै रियल सम्झौता तोड्न चाहन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया