बाबा रामदेबलाई धक्का, यस्तो आयो अदालतको आदेश

५ बर्ष अगाडि
पुस्तकको विक्रि बढाउन विना प्रमाण र विना सन्दर्भ आफूबारे लेखेको आरोप लगाउँदै अदालत पुगेका रामदेवको मुद्दा खारेज भएको छ । लेखकको वाक स्वतन्त्रता संरक्षणको लागि भन्दै दिल्लीको एक अदालतले रामदेवबारे लेखिएको किताब प्रकाशन र बिक्रीमा नौ महिना अघि लगाइएको प्रतिबन्धलाई फुकुवा गरेको छ ।
४ अगष्ट २०१७ मा करकारदुमा अदालतस्थित  एसीजे–सीसीजे–एआरसी अदालत(पूर्वी जिल्ला)ले ‘गडम्यान टु टायकुनः द अनटोल्ड स्टोरी अफ बाबा रामदेव’को प्रकाशन र बिक्रिमा प्रतिबन्ध लगाएको थियो ।
तर, २८ अप्रिलमा अदालतले प्रतिबन्धलाई फुकुवा गरेको हो ।  
अदालनको फैसलालाई कयैन मानिसहरुले समाजिक सञ्जालमा स्वागत गरेका छन् । यसमा केही लेखकहरु पनि छन् । 
किताबले बाबा रामदेवसँग जोडिएका केही व्यक्तिको रहस्यमयी मृत्युको बारेमा प्रकाश पारेको छ । प्रियङ्का पाठक–नराइनद्धारा लेखिएको यो पुस्तकलाई जगरनोट बुक्सले प्रकाशन गरेको थियो ।
५ बर्ष अगाडि

प्रतिक्रिया