विश्वकपको उपाधी हामी उचाल्ने छौ : कप्तान कोहली

४ बर्ष अगाडि

काठमाडौँ –  भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले विश्वकपको उपाधी जित्ने दावी गरेका छन् । न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नुपुर्व कप्तान कोहलीले यस्तो बताएका हुन् । 

आज भारतले मंगलबार दिउँस न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । सोही खेलअघि भारतीय कप्तान विराट कोहलीलाई सोधियो,तपाई सतक बनाउन असफल रहनुभएको छ नि ?

कप्तान कोहलीको जवाफ थियो, ‘मैले मध्यक्रममा आफ्नो भूमिका निभाइरहेको छु । कप्तानका रुपमा पनि लय मिलाएर खेल्नु आवश्यक छ । जहासम्म रोहितको कुरा छ, उनले थप दुई सतक प्रहार गर्ने छन् र हामीले विश्वकपको उपाधी उचाल्ने छौ ।’

विश्वकपका समूह चरणका खेलमा भारतीय क्रिकेटका ब्याट्सम्यान रोहित शर्माले ५ वटा सतक प्रहार गरी सकेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया