सन्दीपको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत

५ बर्ष अगाडि

काठमाडौं–आईपीएल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेटर सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन् । 
मंगलबार अपरान्ह काठमाडौ आइपुगेका क्रिकेटर लामिछानेले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भएको पत्रकार सम्मेलनमा आफूले आइपिएलबाट धेरै कुरा सिकेको भन्दै आत्मविस्वासका साथ अघि बढे सफलता मिल्ने प्रतिकृया दिए । उनले आफूले सफलता पाउनुमा आफ्ना प्रशिक्षकहरुको ठूलो हात रहेको पनि बताए । 
सन्दीपलाई स्वागत गर्न राष्ट्रिय टिमका कप्तान पारस खड्का समेत विमानस्थल पुगेका थिए । यस्तै ठूलो संख्यामा क्रिकेटप्रेमीहरु विमानस्थल पुगेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया