दोर्दी खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो, बिजुली बाल्ने यस्तो छ तयारी

४ बर्ष अगाडि

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष जीवा लामिछाने र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको दोर्दी खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।

लमजुङमा आयोजना स्थल रहेको सो आयोजनाको कूल २ हजार ७८० मटिर लामो सुरुङ निर्माण सम्पन्न भएको हो ।

आइतबार सो आयोजनाको निर्माणाधिन सुरुङ निर्माण सम्पन्न भएको हो ।

 हिमालयन पावर पार्टनर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको कुल क्षमता २७ मेगावाट रहेको छ । सबै काम पूरा गरेर आगामी चैतभित्र बिजुली बाल्ने लक्ष्य आयोजनाले राखेको छ ।

विद्युतगृहको काम पनि ९० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना निर्माण सम्पन्न हुने समयमा नेपाल विद्युत् प्राधिकरणले दोर्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गर्ने जनाएको छ ।

आयोजनाले यही भदौमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर तोकिएको समयमा आयोजना सम्पन्न हुन सकेन । आयोजनाको कूल लागत ४ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । हिमालयन पावर पार्टनर कम्पनीमा जीवाका अलावा चन्द्र ढकाल, महेशकुमार श्रेष्ठ, गुरुप्रसाद ढकाल, अम्बिकाप्रसाद पौडेल, नारायणबाबु लोहनी, हेमन्तकुमार दडावी सञ्चालक छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया