सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढायाे, कति पुग्याे ?

५ बर्ष अगाडि

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।  नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको हो । 
निर्णयअनुसार पेट्रोल, डिजेल, तथा मट्टितेलको भाउ प्रतिलिटर रु ३–३ बढाइएको छ । 

मूल्य बढेसँगै यसअघि प्रतिलिटर ११० रुपैयाँ रहेको  पेट्रोल अब ११३ पर्ने भएको छ ।  यस्तै प्रतिलिट ९२ रहेको डिजेल र मट्टितेल अब ९५ रुपैयाँ पुगेको छ ।
यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएसँगै निगमले पनि भाउ बढाएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया