सहारा मरुभुमिमा विश्वको सबैभन्दा पुरानो जैविक रङ्ग भेटियाे

५ बर्ष अगाडि

सहारा मरुभुमिमा विश्वको सबैभन्दा पुरानो जैविक रङ्ग भेटिएको छ । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले यो खोजले पृथ्वीमा जटिल जीवन किन ढिलो गरी मात्र विकास भयो भन्ने व्याख्या गर्न पनि सघाउने अनुसन्धानकर्ताहरुले बताए ।
गुलाबी रङ्गको यी कणहरु १.१ अर्ब वर्ष पहिले एक साधारण सुक्ष्मदर्शक जीव सायनोब्याक्टेरियाले उत्पादन गरेको थियो । 
हाल पत्ता लागेको यी कणहरु यस अघिको सबैभन्दा पुरानो रङ्गभन्दा ५० करोड वर्ष पुरानो हो । 
यो नमूना डाइनोसरको प्रजाती पृथ्वीमा हिडेको समयभन्दा १५ गुणा पुरानो रहेको देखाएको छ । पृथ्वी आफैमा ४.५ अर्ब वर्ष पुरानो हो । 
अनुसन्धानदाताहरुले पछिल्लो खोजले पृथ्वीमा जटिल वनस्पती र जीव किन ६० करोड वर्ष पहिले आएको कुरालाई व्याख्या गर्ने देखाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया