राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा साढे एक अर्ब लगानी गर्ने

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा साढे एक अर्ब भन्दा बढी लगानी गर्ने भएको छ । 

केन्द्रीय बैंकले मुद्दती निक्षेपको रुपमा सो लगानी गर्न लागेको हो । 

एक बर्षे मुद्दती निक्षेपमा राखिने सो रकमको ब्याज भुक्तानी त्रैमासिक हुने गरी राखिने केन्द्रीय बैंकले जनाएको छ । 


आगामी मंसिर १ देखि २०७७ कात्तिक ३० सम्मका लागि राखिने मुद्दती निक्षेपका लागि यही कात्तिक २२ गतेसम्म शिलबन्दी फारम भरी नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्नेछ  ।

 केन्द्रीय बैंकले क वर्गको बाणिज्य बैंकमा १ अर्ब ३१ करोड १६ लाख, ख बर्गको विकास बैंकमा २४ करोड ५९ लाख ग वर्गको फाइनान्स कम्पनीमा ८ करोड १९ लाख गरी १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ लगानी गर्न लागेको हो । 

यो मुद्दती निक्षेपका लागि विभिन्न ११ वटा शर्त पुरा गर्नुपर्नेछ । यो निक्षेप लिने बैंक तथा वित्तिय संस्था सञ्चालन भएको कम्तीमा २ वर्ष पुगेको, न्यूनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति विदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया