विश्वकै सबैभन्दा नाफामुलक कम्पनी साृदीको अराम्कोले गर्यो साधारण सेयर आव्हान

४ बर्ष अगाडि

साधारण सेयर आह्वान (आईपीओ)का लागि साउदी अराम्कोले शनिबार जारी गरेको विवरणअनुसार साधारण सेयरका सबै रेकर्ड तोड्ने देखिएको छ ।

विश्वकै सबैभन्दा नाफामूलक कम्पनी अराम्कोको सेयरमा सर्वसाधारणलाई लगानी गर्ने अवसर दिएपछि यस्तो अवस्था आउने देखिएको हो ।


साउदी अरेबियाको सरकारी स्वामित्वको यस कम्पनीको यस्तो ‘आह्वान’ यही नोभेम्बर महिनाको १७ तारिखमा सुरु भई डिसेम्बर महिनाको ४ मा समाप्त हुनेछ । यस कम्पनीको सेयर मूल्य साउदी स्टक एक्सचेन्जको डिसेम्बर ५ को मूल्यमा हुनेछ । कम्पनीका अनुसार डिसेम्बरको मध्यमा ती सेयर धितो बजारमा कारोबार हुनेछन् ।

यो आह्वान इतिहासिकै सबैभन्दा ठूलो हुनेछ । अराम्कोसँग ठूलो मात्रामा तेल भण्डारण र ठूलो कार्यक्षमता राख्दै आएको छ । यसले साउदी अरेबिया एकछत्र राज गर्दै आएको छ । यो विश्वकै ठूलो कच्चा तेल निर्यात कम्पनी हो । कम्पनीका अनुसार यो वर्षको पहिलो नौ महिनामा ८६ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । यो नाफा २०१८ को यसै अवधिको नाफाभन्दा १८ प्रतिशतले कम हो । सन् २०१८ मा यस कम्पनीले १११ अर्ब अमेरिकी डलर नाफा गरेको थियो ।

कम्पनीले कति सेयर सर्वसाधारणका लागि आह्वान गर्ने भन्ने आफ्नो विवरणमा खुलाएको छैन । उसले सर्वसाधारणका लागि कम्पनीको ०।५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । यो सेयर प्राप्त गर्नेले कम्पनीको साधारणसभाका भोट गर्ने अधिकारसमेत राख्नेछन्  ।

बहुप्रतीक्षित आईओको विस्तृत विवरणले तेलको मूल्यमा कमी ल्याउने, हावापानी र भूराजनीतिक जोखिम बढाउने अन्तर्राष्ट्रिय लगानीकर्ताले सन्देह व्यक्त गरेका छन् । खबरअनुसार राजकुमार महोमद बिन सालहले अराम्को झन्डै २० अर्ब अमेरिकी डलर मूल्याङ्न गर्न खोजेका छन् । तर सुझाव कर्ताहरूले यसको मूल्य मात्र १० अर्ब अमेरिकी डलर हुने जनाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया