साना किसान विकास लघुवित्त वित्तियले माग्यो १४ जना कर्मचारी, तलब १ लाखसम्म

४ बर्ष अगाडि

काठमाडौं – साना किसान विकास लघुवित्त वित्तिय संस्थाले ६ महिनाका लागि १४ जना कर्मचारी माग गरेको छ । संस्थाले चालु आवको बिशेष कार्यक्रमहरूका लागि यतिका मात्रामा कर्मचारी माग गरेको हो ।
संस्थाले कार्यक्रम संयोजक पदका लागि १ जना कर्मचारी माग गरेको छ । उक्त पदका कर्मचारीलाई रू. १ लाख तलव सुविधा र करार अवधी थप भइ सेवा अवधी भित्र दशैं परेका बोसन समेत दिइनेछ । साथै, निजले वित्तिय संस्थाका कार्यक्रम रहेका सम्पुर्ण जिल्ला हेर्नुपर्ने बिज्ञापनमा उल्लेख छ । 
कुनै पनि बिषयमा स्नातकोत्तर गरि बैंक तथा वित्तिय संस्थामा ५ बर्ष काम गरेको व्यक्ति उक्त पदमा आवेदन दिन सक्ने छन् । 
यस्तै, वित्तिय संस्थाले स्थानीय प्रशिक्षक पदमा१३ जना कर्मचारी माग गरेको छ । उनीहरुलाई रू. ६० हजार तलव र स्थानीय भ्रमण भत्ता बापत रू. २० हजार गरि मासिक ८० हजार पारिश्रमिक दिइने बताइएको छ । साथै, करार अवधी थप भई सेवा अवधी भित्र पर्ने दशैमा बोनस पनि प्रदान गरिने बताइएको छ । 
उनीहरुले वित्तिय संस्थाको इलाका कार्यलय तथा तोकिएको क्षेत्रमा काम गर्नुपर्ने बताइएको छ ।
बाणिज्यशास्त्र वा व्यवस्थापना बिषयमा स्नात्तकोत्तर तह उर्तिण गरेको वा सोही बिषयमा स्नातक गरि ३ बर्षसम्म अनुभव भएका व्यक्तिले यो पदमा आवेदन दिन सक्ने छन् । कुनै पनि आवदेक नेपाली नागरिक तथा कम्प्युटर सम्बन्धी आधारभुत ज्ञान भएको हुनुपर्ने बताइएको छ । उनीहरुले मंसिर २९ गते सम्म लघुवित्तको कार्यलयमा आवेदन पेश गर्नुपर्ने हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया