डोर्नियर विमान बिक्री गरि ट्विनअटर किन्दै तारा एयर

४ बर्ष अगाडि

निजी क्षेत्रको बायुसेवा कम्पनी तारा एयरले डोर्नियर विमान बिक्री गर्ने भएका छ । हाल चलाइरहेको उत्त विमानको सट्टा थप दुई ट्विनअटर ४०० मार्फत नियमित गडान गर्ने योजना बनाएको छ ।दुई किसिमको फ्लाइट भएका कारण अपरेटीङ कस्ट बढी भएकाले डोर्नियर बेच्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

एउटै किसिमका जहाजमार्फत उडान संचालनमा ल्याउँदा खर्च कम हुने देखिएपछि डोर्नियर बेचेर थप दुईवटा ट्विनअटर ल्याउने योजना बनाइएको कम्पनीले बताएको छ । डोर्नियर २२८ र २१२ को अन्तिम चरणमा पुगेको बिक्री प्रक्रियाअनुसार दुई साताभित्र छिनोफानो हुने  र अहिले केही विदेशी कम्पनीसँग नेगोशिएसन भइरहेको कम्पनीले जनाएको छ । ।

४ बर्ष अगाडि

प्रतिक्रिया