एकै रातमा कहाँ हरायो बैंकको १२ अर्ब रकम ?

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – नेपालको  बैंकिङ प्रणालीबाट एकै दिन रु १२ अर्ब रकम हराएको छ । सो रकम कहाँ गयो भनेर सोधीखोजी शुरु भएको छ । सोधी खोजी गर्दै गर्दा पत्ता लाग्यो सरकारलाई पुस मसान्तको कर तिर्नका लागि प्रणालीबाट पैसा सरकारी खातामा पुगेको रहेछ ।

पुस २८ गते बैंकिङ प्रणालीमा रु ५२ अर्ब ६७ करोड अधिक तरलता थियो। मसान्तको साँझसम्म झरेर रु ४१ अर्ब ७६ करोडमा आएको छ ।

’सरकारलाई कर बुझाउनका लागि यो पैसा गएको हुनसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारको राजस्व संकलन गर्ने प्रमुख बैंक एभरेष्ट हो । राष्ट्र बैंकका अनुसार, एभरेष्टको खाताबाट अधिकांश रकम सरकारी खातामा गएको हो। अरू केही बैंकले फुटकर रूपमा मात्र राजस्व संकलन गर्ने गरेका छन् ।

 प्रणालीको पैसा झिकिएर एकैपटक सरकारी खातामा सर्दा अन्तर बैंक सापटी दर ३.५१ प्रतिशतमा पुगेको छ ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.००११४.६०
European Euro१२५.६६१२६.३२
UK Pound Sterling१४९.१८१४९.९७
Swiss Franc११७.५६११८.१८
Australian Dollar७७.२१७७.६२
Canadian Dollar८६.४७८६.९३
Singapore Dollar८४.०४८४.४८