नेपाल पुनर्बीमा कम्पनीको घट्यो जारी पुँजी, अब कति ?

४ बर्ष अगाडि

काठमाडौं – अन्ततः नेपाल पुनर्बीमा कम्पनीले आफ्नो जारी पूँजी घटाएको छ । कम्पनीले आज (बुधबार) एक सुचना जारी गर्दै जारी पुँजी रू. १५ अर्बबाट घटाएर रू. १० अर्ब बनाएको जानकारी दिएको छ ।
कम्पनीको गत पुस १३ गते भएको बिशेष साधारण सभाले जारी पुँजी घटाउने निर्णय गरेको थियो । यसका लागि गत माघ १ गते उच्च अदालत पाटनबाट स्वीकृति पनि लिइ सकेको कम्पनीको भनाइ छ । कम्पनी रजिष्ट्रारको कार्यलयले नेपाल पुनर्बीमालाई अदालतबाट अनुमति लिएर जारी पुँजी घटाउन निर्देशन दिएको थियो । त्यसपछि कम्पनीले गत कात्तिकमा नै उच्च अदालत पाटनमा यस सम्बन्धमा निवेदन दिएको थियो । 
 नेपाल पुनर्बीमा कम्पनी नेपालको एक मात्र पुनर्बीमा कम्पनीको हो । हाल यसको चुक्तापुँजी ८ अर्ब भन्दा बढी छ । साथै, १ अर्ब ६० करोड बराबरको आईपीओ ल्याउने तयारीमा पनि कम्पनी रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया