मर्जर प्रक्रियामा रहेको धौलागिरी लघुवित्तको यस्तो देखियो वित्तिय परिसुचक, नाफा करोड नजिक

४ बर्ष अगाडि

काठमाडौं – सञ्चालनमा आएको छोटो समयमा नै धौलागिरी लघुवित्त वित्तिय संस्थाको व्यावसायीक गतिविधि सकरात्मक देखिएको छ । सञ्चालनमा आएको एक बर्ष पनि नभएको यो लघुवित्तको नाफा ६ महिनामा करोड नजिक पुगेको छ ।
लघुवित्तले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रू. ९६ करोड ७५ लाख खुद नाफा कमाएको छ । गत असोजसम्म लुघवित्त रू.४४ करोड १८ लाख नाफा कमाएको थियो, जसअनुसार दोस्रो त्रैमासमा मात्र लघुवित्तले रू. ५२ करोड ५७ लाख नाफा कमाएको छ ।
तर, यस लघुवित्तको निक्षेप भने घटेको छ । असोजसम्म लघुवित्तले रू. ४५ करोड २४ लाख ९७ हजार निक्षेप संकलन गरेको थियो । तर, पुससम्म आउँदा त्यो रू. ४३ करोड ८८ लाख २३ हजारमा खुम्चिएको छ । यसैगरीले समिक्षा अवधीसम्म रू. ७७ करोड ९ लाख कर्जा प्रवाह गरेको छ । लघुवित्तले पुससम्म रू. ५ करोड ७४ लाख ८२ हजार कुल व्याजआम्दानी गरेको थियो ।
लुघवित्तले निक्षेपमा ६ प्रतिशतदेखि ११.५ प्रतिशतसम्म व्याज दिएको छ । यस्तै, कर्जामा १४ प्रतिशतदेखि १८ प्रतिशतसम्म व्याज लिएको छ ।
लघुवित्तको जगेडाकोषमा रू. ६ करोड १८ लाख २७ हजार पैसा जम्मा भएको छ । लघुवित्तको चुक्तापुँजी भने रू. ७ करोड रहेको छ ।
यो लघुवित्त आँधीखोला लघुवित्त वित्तिय संस्था मर्जरमा जाने प्रक्रियामा पनि छ । आगमी बैशाख १ गतेदेखि दुई वित्तिय संस्थाको एकीकृत कारोबार हुने बताइएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया