बीमामा दोस्रो त्रैमासिकि रिपोर्ट सार्वजनिक गर्नेमा ज्योति लाइफ पहिलो, यस्तो छ वित्तिय परिसुचक

४ बर्ष अगाडि

काठमाडौं – बीमा कम्पनीहरुमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा पहिले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनात्मक रुपमा बीमा कम्पनीहरूको वित्तिय विवरण ढिलै सार्वजनिक हुन्छ । तर, ज्योति लाइफले भने छिट्टै वित्तिय विवरण सार्वजनिक गरेको छ । 
वित्तिय विवरणअनुसार ज्योति लाइफले पुससम्ममा रू. ६ करोड ८९ लाख खुद नाफा कमाएको छ । गत आवको सो अवधीमा कम्पनीले रू. ६ करोड ४४ लाख खुद नाफा कमाएको थियो ।
यस्तै, ज्योति लाइफले दोस्रो त्रैमासमा मात्र रू. ७५ करोड १३ लाख कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म भने भने रू. २ अर्ब ५ करोड ३९ लाख कुल बीमा शुल्क संकलन गरेको देखिन्छ । यस्तै, यस त्रैमासमा कम्पनीले ९ हजार ९५५ ओटा बीमालेख जारी गरेको छ । 
कम्पनीको खुद बीमाशुल्क संकलन भने रू. ७२ करोड ५४ लाख रहेको छ । अभिकर्ताले पाउने कमिशन लगाएका खर्च कटाएर यति बीमाशुल्क संकलन गरेका हुन् । 
कम्पनीले बीमालेख धितो राखेर बीमितलाई रू. ७ करोड ६२ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । यस्तै, कम्पनीले दिर्घकालिन रुपमा रू. २ अर्ब ४६ करोड ३० लाख बिभिन्न क्षेत्रमा लगानी गरको छ । 
हाल कम्पनीको चुक्तापुँजी रू. १ अर्ब ५४ करोड छ । यसैगरि जगेडा कोषमा रू. ३३ करोड ४६ खा, जीवन बीमा कोषमा रू. १ अर्ब २० करोड ८१ लाख र महाविपत्ति कोषमा रू. ३ करोड ७२ लाख रकम रहेको छ । 
हाल कम्पनीको प्रति शेयर आम्दानी रु. ९५, प्रतिशेयर नेटवर्थ १२४.१५ र प्रति शेयर कुल सम्पत्तिको मुल्य २०७.२८ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया