डिजेल र पेट्रोलको मूल्य घट्याे

४ बर्ष अगाडि

स्वचालित मूल्य प्रणाली अनुसार डिजेल र पेट्रोलको मूल्य घटेको छ । 

नेपाल आयल निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटेको जनाएको छ । 

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

गत माघ २० गते पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटेको थियो भने खाना पकाउने ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको थियो । 

सोमबार भएको मूल्य समायोजनमा खाना पकाउने ग्यास  र हवाई इन्धनको मूल्य भने याथावत रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया