नेप्सेमा उत्साह : ६९ अंकले बढ्दा ३ अर्ब ६० करोडको कारोबार

४ बर्ष अगाडि

आज साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक अत्याधिक अंकले उकालो लागेको छ । गत साता भरी उकालो यात्रामा रहेको नेप्से आज ६९.५६ अंकले उकालो लागेको हो । 

कारोबार सुरु भएको २० मिनेटमै ४४ अंकले उक्लीएको परिसूचक १ बजेर २० मिनेट जादाँ ७४ अंकको हारहारी सम्म पुगेको थियो । 

आज १४३४.८७ को बिन्दुबाट सुरु भएको शेयर बजार अन्तिम समय सम्म आइपुग्दा १५०४.१४ को विन्दुमा पुगेको छ । 

२०७४ पुस ३ गतेपछि आज पहिलोपटक नेप्से १५ सयको  बिन्दुमा पुगेको हो । 

त्यस वर्षको पुस ३ गते नेप्से १५०८.२५ बिन्दुमा रहेको थियो । त्यस्तै, आज कारोबार रकमले नयाँ इतिहास बनाएको छ । यस अघि साताको अन्तिम कारोबारका दिन नेप्सेमा २ अर्ब ७८ करोड बराबरको कारोबार भएको थियो । त्यो रेकर्डलाई ब्रेक गर्दै नेप्सेमा आज ३ अर्ब ६० करोड बराबरको कारोबार भएको छ । 

आज १ सय ७८ कम्पनीको ८७ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज सेन्सेटिभ परिसूचक पनि १७.७ अंकले उकालो लागेको छ । आज कारोबारका लागी आएका १४ उपसमूहमा सबै उकालो लागेका छन् । 

शेयरबजारका जानकारहरुका अनुसार अर्थमन्त्री डा। युवराज खतिवडा बाहिरिने समाचार सार्वजनिक भएपछि आइतबार बजार यस्तो उत्साह देखिएको हो । राष्ट्रिय सभा सदस्यमा खतिवडाका ठाउँमा बामदेव गौतमलाई ल्याउने समाचार आएसगैँ लगानीकर्ता उत्साहित भएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया