बिजेताले पाए दुबई ट्रिपको सुनौलो अवसर

४ बर्ष अगाडि

मोबाईल भुक्तानी नेटवर्क फोनपेले दुबई उड्ने’ योजनाका  मासिक विजेता घोषणा गरेको छ । जसमा ‘पैसा लिने र तिर्ने, दुबै ग्राहकहरु छन् ।यो योजनाका लागी  ग्राहकतर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता भएका छन् ।  पुरस्कार अनुसार बिजेताले आफुसँग थप तीनजना व्यक्तिलाई पनि लैजान पाउनेछन् ।  २ जनवरीदेखि १ फब्रुअरीसम्म क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्टहरु मध्येबाट बिजेता छानिएको हो ।  


फोन पे ले नयाँ वर्ष २०२० को अवसरमा ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना  सञ्चालन गरेको हो  । यो योजना ६ महिनासम्म लागु हुनेगरी कम्पनीले सञ्चालन गर्ने छ । त्यस्तै ,  दैनिक, साप्ताहिक , मासिक  गरेर बिजेता घोषणा गर्ने कम्पनीले जनाएको छ । 

त्यस्तै दैनिक उपहारमा हरेक दिन ५ जनाले एउटा कारोबार गरे बापत शतप्रतिशत क्यास ब्याक र  पाँच वटा मर्चेन्टले उपहार प्राप्त गर्नेछन् । हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यसैगरी, साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।  साथै , मासिक उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टको लागि दुबई ट्रिपको  सुनौलो अवसर पनि दिएको छ । जसमा बिजेता  ग्राहक र मर्चेन्टले  थप तीनजनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् ।

 यो योजना जुन अन्त्यसम्म सञ्चलान हुनेछ । उपहार योजनामा  कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउने ब्यवस्था पनि कम्पनीले गरेको छ । 
 फोन पेका हाल ९० हजार भन्दा धेरै मर्चेन्ट रहका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोन पेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया