कर्मचारीले रु ५० हजार बढी पैसा दिँदा

५ बर्ष अगाडि

काठमाडौँ- ललितपुरको सातदोबाटोका डा जगदीश वैद्यले बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले बढी दिएको रकम फिर्ता गरेका छन् । 
वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले रु ५० हजार बढी दिएपछि फिर्ता गरेका हुन् । उनले आफूले इमान्दारिताका साथ बैङ्कले बढी दिएको रकम फिर्ता दिएको बताए । 
उनले ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ दमरुप्रसाद निरौला, वडा नं ४ नंका वडाध्यक्ष नारायण केसी र बैङ्कका कर्मचारी कृष्णबहादुर मिश्रको उपस्थितिमा बैङ्कलाई उक्त बढी रकम हस्तान्तरण गरेका हुन् । 
वैद्यले बैङ्कबाट रु पाँच लाख चेकमार्फत झिक्दा बैङ्कका कर्मचारीले रु पाँच लाख ५० हजार दिएका थिए । वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया