२५ जनाकाे फाैज लिएर लकडाउनमा परेड खेल्दै माेहन बस्नेत, जनताविरोधी कार्य भएकोे स्थानीयको गुनासो

४ बर्ष अगाडि

देश लकडाउनका कारण ठप्प छ । कोरोना भाइरसको महामारीबाट जनतालाई सुरक्षित राख्न सरकारले लकडाउनलाई जारी राखेको छ । यद्यपि, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेहन बस्नेत भने विभिन्न सामग्री बाँड्ने भन्दै गाउँगाउँ डुलिरहेका छन् । गाउँगाउँ गएका बस्नेतसँग २५ जनाभन्दा बढी कांग्रेसका कार्यकर्ता अघिपछि हिँडिरहेका छन् । ।

हिजो नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरा तोडेर बिकट तथा दुर्गम गाउँ त्रिपुरासुन्दरी गाउँपालिका २ चोकटीमा स्वास्थ्य सामाग्री हस्तान्तरणको निरन्तरता दिएका हुन्  ।

केहि दिन अघि बाह्रबिसेमा ५० जनाभन्दा बढीलाई जम्मा पारेर खाद्यान्न वितरण गरिएको थियो । यद्यपि, मन्त्रीसमेत भइसकेका बस्नेतले सरकारी कदमको गम्भीर उल्लंघन गरेका मात्रै छैन,महामारी रोक्नेभन्दा फैलाउने कामलाई प्रश्रय दिएको स्थानीयले बताएका छन ।

जिल्लाको विपद् व्यवस्थापन र स्थानीय सरकारले सबै राहत र स्वास्थ्य सामग्री एकद्धार प्रणालीमार्फत् गर्ने भन्ने निर्णय गरिसकेका छन् । तर, बस्नेत भने अघिपछि कार्यकर्ताको भिड लिएर कोरोनाको महामारी झन् फैलने हिसाबले गतिविधि गरिरहेका छन् ।  उनले ठोकर्पालगायत ठाउँमा विभिन्न सामग्री बाँडेको बताइएको छ  ।

नेपाल कम्युनिष्ट पार्टी सुनकोसी गाउँपालिका अध्यक्ष प्रेमलाल लामाले बस्नेतको गतिविधि समाजविरोेधी रहेको बताए । गाउँपालिकाको बजेटले किनेको आइसोलेसन बेड बाँड्दै हिँडेर बस्नेतले राजनीतिको मजाक उडाएको उनको भनाइँ छ । बस्नेतले कांग्रेस जनप्रतिनिधिले स्थानीय तहबाट खर्च गरेर बनाएको सामग्री वितरण गरेर राजनीतिक स्वार्थपूर्ति गर्न खोजेको लामाले आरोप लगाउनुभयो  ।

यता बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पाले प्रेसविज्ञप्ति जारी गरेर बस्नेतको गतिविधिले विभिन्न शंका उत्पन्न गराएको र सरकारले जारी राखेको लकडाउनको गम्भीर उल्लंघन भएको बताए ।

विश्वलाई महामारीले लपेटेको बेला राजनीतिक स्वार्थको लागि गाउँ जानु जनताविरोधी कार्य भएको बाह्रबिसे र सुनकोसीका स्थानीयले बताएका छन् । जनता भयभित भएर घरभित्रै बसेका बेला हुल जम्मा पारेर हिँड्नु गलत रबैया भएको उनीहरुको भनाइँ छ । उच्चपदका भएकोले हाललाई पक्राउ नगरी चेतावनीमात्रै दिएको सरकारी अधिकारीले बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया