अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ सम्म बन्द

४ बर्ष अगाडि

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए ।

आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण देखिएपनि नेपालले गएको चैत ८ गतेसम्म निर्वाध रुपमा उडान सञ्चालन गरेको थियो । तर ९ गते नेपालमा कोरोना संक्रमित फेला परेपछि चैत ९ गते देखि १८ गतेसम्मको लागि उडान बन्द गरिएको थियो । 

त्यसपछि फेरी चैत १६ मा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३ सम्मको लागि उडान बन्द गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया