३० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, कसले पाउछ किन्न ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८१ घ’ निष्काशन गरेको छ ।  बैंकलले ५ बर्षको अवधीको लागि उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो । 
भोलि बिहीबार अर्थात चैत २७ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र  बिक्री गरिने राष्ट्र बैंको भनाइ छ । 

सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ । घटीमा रु ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ । राष्ट्र बैंकले अर्धबार्षिक रुपमा व्याज दिने बताएको छ । यद्यपि, आर्जित व्याजमा ब्याजकर लाग्नेछ । सावा भुक्तानी भने २०८१ चैत २८ गते गरिने बताइएको छ । 
यसमा खरिदकर्ताहरु प्रतिस्पर्धी र र अप्रतिस्पर्धी बोलवालाको रुपमा सहभागी हुन सक्नले छन् । उनीहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. २५ अर्व ५० करोड र रु. ४ अर्व ५० करोड छुट्ट्याइएको । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । साथै, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया