भारतमा डुलेर फर्केका सांसदलाई क्वारेण्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन

४ बर्ष अगाडि

भारतका क्वारेण्टाइनमा डुलेर फर्केका साँसद प्रदीप यादवलाई क्वारेण्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । 

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएपिछ उनलाई क्वारेण्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको हो । 

उनी क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए।

कानून अनुसार क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न नपाइने भएपनि सांसद यादवले अनधिकृत रुपमा भेटेकोले नियमअनुसार क्वारेन्टाइनमा बस्नैपर्ने गृहको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया