कोरोना बीमा स्थगित, भोलिदेखि बिक्री बन्द

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले कोभिड – १९ बीमालेखको व्यवसाय स्थगित गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको अनुरोधमा नै समितिले आज उक्त बीमाको व्यवसाय स्थगन गर्ने निर्णय गरेको हो । 
अब भोलिदेखि नै कोरोना बीमा व्यवसाय बन्द गरिने समितिले बताएको छ । यद्यपि, हालसम्म बिक्री भएको बीमालेखले भने निरन्तरता पाउने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया