जापानमा बुढाबुढी बढेको बढ्यै, पेन्सन व्यवस्थापनमा सरकारलाई तनाव

५ बर्ष अगाडि

जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन् । 

सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ, अर्थात् यो कूल जनसंख्याको २८।१ प्रतिशत हो । 

राष्ट्रसंघीय तथ्याङ्कका अनुसार, विश्वमै यो अनुपात सर्वाधिक बढी हो । इटालीमा यो अनुपात २३।३ प्रतिशत, पोर्चुगलमा २१।७ प्रतिशत र जर्मनीमा २१।७ प्रतिशत रहेको छ । सरकारी विवरणमा ७० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति २०।७ प्रतिशत रहेको पाइएको छ । 

जनसांख्यिक परिवर्तन हुनुमा जापानको लगातारको न्यून जन्मदर र औसत आयूमा वृद्धि मुख्य कारणहरु रहेका छन् । 

कपाल फुलेका व्यक्तिको जनसंख्याको तिब्र वृद्धिले जापानका नीतिनिर्मातामाथि पेन्सन भुक्तानीको व्यवस्थापन गर्न ठूलो दबाब सिर्जना भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया