ट्रम्पको टिप्पणी : “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन्”

५ बर्ष अगाडि

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोखेका छन् । उनले भने, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।” 

हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको कार्यबाट ज्यादै दुःखित भएको बताएका छन् । 

अमेरिकाको गत राष्ट्रपतीय चुनावमा रुसीहरुको संलग्नता सम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले पटकपटक आक्रोस पोख्दै आएका छन् । 

राष्ट्रपति ट्रम्पले अन्तवार्तामा सेसनले त्यस्तो गर्नुपर्ने आवश्यकता नै थिएन भनेका छन् । 
तर न्याय विभागको निर्देशिकामा महान्यायाधीवक्ता सेसन स्वयं राष्ट्रपतीय चुनावताका रुसीहरुसँगको एक बैठकमा सहभागी रहेकाले अनुसन्धान प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान छ । 

सीमा समेतका धेरैवटा मुद्दामा जेफ सेसनको कार्यसम्पादन आफूलाई चित्त नबुझेको पनि राष्ट्रपति ट्रम्पले बताए । 
उनले सेसनका सम्बन्धमा भविष्यमा के गर्ने भन्ने अझै टुङ्गो नलागेको पनि बताए ।  । 

ट्रम्पका सल्लाहकारहरुले सेसनलाई कम्तीमा यही नोभेम्बरमा हुने मध्यावधी चुनावसम्म हटाउन नहुने सल्लाह दिएको बताइन्छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया