कारोबारको दोस्रो  घण्टा ः ३४ अकंले ओरालो लाग्यो नेप्से

३ बर्ष अगाडि

काठमाडौं ।  नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३४.४५  अंकले घटेको छ । 

आज पहिलो घण्टामा ४.०१ प्रतिशतले घटेर २० मिनेटको लागि शर्किट ब्रेक भएको नेप्से  दोस्रो घण्टा सम्म आइपुग्दा २. ८७ प्रतिशतले घटेर ११६७.१३ को बिन्दुमा आइपुगे्को छ ।

अहिले सम्म कारोबारमा आएका १ सय ९ कम्पनीको ३ हजार ४ सय १२ कित्ता शेयर बिक्री हुदाँ २४ करोड ८२ लाख ४८  हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ उपसमुहमध्ये २  उपसमुहको  कारोबार बढेको छ ।

त्यस्तै, हाल सम्म कारोबारमा आएका कम्पनीहरु मध्ये हिमालय डेस्टिलेरी लिमिटेडले  २ करोड ८१ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया