कोरोनाले बेलायतमा दोस्रो लहरका कारण झन्डै १ लाख बढीको ज्यान जानसक्ने अनुमान

३ बर्ष अगाडि

बेलायतमा कोरोना भाइरसको दोस्रो लहरका कारण जाडोयाममा झन्डै १ लाख २० हजारको ज्यान जानसक्ने वैज्ञानिकरुले बताएका छन् ।

सर्वेक्षणमा विभिन्न वैज्ञानिकहरुले अति खराब अवस्थाको प्रक्षेपण गर्दै अस्पतालमा मात्रै २४ हजार ५ सयदेखि २१ लाख ५१ हजार जनासम्मले ज्यान गुमाउनसक्ने अनुमान गरेका हुन् ।  जनवरी र फेब्रअरीमा संक्रमण उच्च अवस्थामा हुने उनीहरुको अनुमान छ । 
बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्सको आग्रहमा तयार गरिएको यस रिर्पोटले जाडो याममा कोरोना भाइरसको प्रभाव कस्तो रहन्छ भन्नेबारे ठूलो अनिश्चितता रहेको विषयमा जोड दिएको छ ।  

यद्यपी, यस अनुसन्धानअनुसार जाडो मौसममा भाइरस लामो समय बाँच्नसक्छ र मानिसहरुले घरभित्रै धेरै समय बिताउँदा धेरै फैलने संभावना रहन्छ । कोरोना भाइरसको पुनरावृत्तिसँगै सिजल फ्लु र कोरोनाबाहेकका अन्य रोगका कारण पनि राष्ट्रिय स्वास्थ सेवासँग जोडिएका अधिकारीहरु ठूलो दबाबमा हुनेछन् ।

बेलायतमा कोरोनाको पहिलो लहरले नै कारण स्वास्थ प्रणाली नराम्ररी प्रभावित बनाएको छ । 
साउथह्याम्पटन विश्वविद्यालय अस्पतालका स्वासप्रश्वास विशेषज्ञ स्टेफेन होलगेटले भनेका छन्, ‘यो अनुमान होइन, संभावना हो ।  यस सर्वेक्षणले कोभीड–१९ को नयाँ लहरपछि जाडोयाममा मृतकको संख्या बढ्नसक्ने संकेत गरेको छ । तर यदी हामीले तत्कालै कदम चाल्यौ भने यस्तो हुनसक्ने खतरा कम हुन सक्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया