‘प्रसाद २’ का लागि विपिन, नम्रता र निश्चलले  के बढाएका हुन् पारिश्रमिक ?

३ बर्ष अगाडि

डेढ वर्ष अगाडिको व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘प्रसाद’ को दोस्रो सिरिज बनाउन यतिबेला निर्माण टिम घुँडा धसेर लागेको छ । अहिले लेखक शुशील पौडेल फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । सुवास थापाले निर्माण गर्ने फिल्ममा निर्देशक भने फेरिएका छन् । दिनेश राउतले ‘प्रसाद २’ नगरेपछि सौरभ चौधरीले निर्देशकको जिम्मेवारी पाएका छन् ।
 
‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्य भएपछिको कथामा फिल्म निर्माण हुने निर्माता थापाको भनाई छ । उनका अनुसार, स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु हुनेछ । तर, अहिलेसम्म कलाकारको टुंगो भने लागेको छैन । निर्माण टिम फिल्ममा पुरानै कलाकार दोहोर्‍याउने पक्षमा छ । नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतसँग केही चरणमा कुरा समेत भइसकेको छ ।
 
फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, ‘प्रसाद २’ का लागि तीनै जना कलाकारले मोटो रकम मागेका छन् । उनीहरु २५ लाखभन्दा कममा फिल्म गर्न नसक्ने अडानमा बसेको बुझिएको छ । फिल्ममा निर्देशक हेरफेर भएपछि उनीहरुले पारिश्रमिक बढाएको स्रोत बताउँछ । माग गरेअनुसार पारिश्रमिक पाएको खण्डमा मात्र उनीहरु काम गर्न तयार रहेको बताइन्छ ।
 
प्रतिक्रिया