आज  सुनचाँदीको भाउ कति ?

६ बर्ष अगाडि

काठमाडौं– नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन भने प्रतितोला ५७ हजार ३ सयमा कारोबार भईरहेको छ । 
सुन हिजोको तेलनामा आज प्रतितोला एक सय रुपैयाँ कम रहेको छ । हिजो छापावाला सुन ५७ हजार ७ सय र तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भएको थियो ।    
 आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको पनि  महासंघले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया