ग्लोबल आइएमई बैङ्कले कमायो ५१ करोड नाफा

५ बर्ष अगाडि

 

काठमाडौं – ग्लोबल आइएमइ बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु ५१ करोड ७६ लाख नाफा कमाएको छ ।

कम्पनीले यो अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाउँदै रु ५१ करोड नाफा कमाएको हो । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिमा रु ३३ करोड ९६ लाख नाफा गरेको थियो ।

रु १ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले निक्षेप सङ्कलन रु  १ खर्ब ११ अर्ब पुर्याएको छ । यस्तै ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर रु ९९ अर्ब पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया