गुण्डा नाइके गणेश लामालाई रिहाई गर्न माग गर्दै कांग्रेसको यस्तो चेतावनी

६ बर्ष अगाडि

काठमाडौं– नेपाली कांग्रेस काभ्रेले गुण्डा नाइके गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ । 
राजधानीमा  नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । 
बुधबार साँझ राजधानीको गौशालाबाट पक्राउ परेका लामालाई सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले तत्काल लामालाई रिहाई गर्न माग गरेको छ ।  
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए ।  
षड्यन्त्रपूर्वक गोली हानी हत्या गर्ने उद्देश्यले प्रहरीले नै गोली हानेको दाबी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सचिव दिनेश लामाले गणेश लामालाई विना शर्त रिहाईको माग गरे । 
उनले भने,‘राज्य शक्तिको दुरुपयोगको बाटोमा गएको छ, यस्तो स्थितिमा हामीले कसको विश्वास गर्ने, कसको भर पर्ने, सरकार नै गुण्डा गर्दिको शैलीमा जनता माथि आक्रमण गर्ने मनस्थितिमा उत्रेको छ यो कांग्रेसलाई स्वीकार्य हुँदैन ।’
लामा कांग्रेसका कार्यकर्ता हुन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया