बचतमा साढे ६ र मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याज

५ बर्ष अगाडि

काठमाडौं–पछिल्लो महिना बैंकहरुले मुद्दती खाता र बचत खातामा मनपरी ब्याज दिन थालेपछि त्यसमा लगाम लगाइएको छ  ।

अब बैंकले साधारण बचतमा साढे ६ प्रतिशत भन्दा बढी ब्याज नदिने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको बैठकले साधारण र मुद्दती निक्षेपमा ब्याजदर सीमा तोकेको हो । 

यसैगरी व्यक्रिगत मुद्दती निक्षेपमा ९.२५ र संस्थागत निक्षेपमा ८.५ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको छ । 

सहमतिअनुसार बैंकले न्यूनतम ब्याजअन्तर २ प्रतिशत राख्नुपर्नेछ । कल डिपोजितको ब्याज साढे ४ प्रतिशतमा झर्ने निर्णय पनि बैठकको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया